चाईना कम्पनीले सडक अलपत्र पार्दा दुर्घटनाको जोखिम बढदो, एक महिनामा ४० बढि घाईते ३ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन ३१ गते १६:३३
चाईना कम्पनीले सडक अलपत्र पार्दा दुर्घटनाको जोखिम बढदो, एक महिनामा ४० बढि घाईते ३ जनाको मृत्यु

राजु चापागाईं/नवलपुर ।

पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्ड बिस्तारको जिम्मा पाएको चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले समयमै काम सम्पन्न नगर्दा पूर्व पश्चिम राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ ।

जिल्ला ट्राफिक कार्यालय नवलपुरका अनुसार जिल्लामा साउन महिनामा मात्रै भएका छुट्टाछुट्टै १० वटा सवारी दुर्घटनामा ४० बढि घाईते हुदाँ ३ जनाको मृत्यु भएको छ । पछिल्लो समय भएका दुर्घटना मध्ये अधिकांश दुर्घटना दाउन्ने नारायणघाट सडक खण्डमा भएको र अधिकांश दुर्घटनाको कारण बाटो भएको ट्राफिक प्रहरीको दाबी रहेको छ ।

साढे तीन वर्षको अवधिमा बाटो बन्छ भनेर आसा गरेका आमसर्वसाधरण, सवारी धनि, सवारी चालक र यो बाटो भएर यात्रा गर्ने यात्रु भने निमार्णका लागी भत्काईएको बाटोबाट निस्कने धुलो र बढदो दुर्घटनाको जोखीम बाट चिन्तित देखिएका छन । “बाटोका कारणले आफ्नो मात्रै होईन यात्रुको समेत ज्यान जोखीममा राखेर गाडी चलाउनु परेको छ, कति बेला के हुन्छ भन्न सकिने अवस्था छैन” बुटवल नारायणघाट सडकखण्डमा यात्रुबाहक बस चलाउने चालक मनवीर तामाङले बताए । तामाङमात्रै होईन यो बाटो भएर सवारी साधन चलाउने चालकहरु बाटोको कारणले त्रासमै सवारी चलाउनु पर्ने बाध्यतामा रहेको बताउछन ।

सम्झौता अनुसार सडक निर्माणको क्रम भत्किएको बाटो र खाल्डाखुल्डी तत्काल मर्मत गर्नु पर्ने भए पनि निर्माण कम्पनीले सम्झौता अनुरुप काम नगर्दा सडक दुर्घटनाको जोखिम बढेको सरोकारवालाहरु बताउछ्न ।

सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७९ सालको साउन २२ गतेसम्ममा सडक निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुमा आयोजनाको म्याद सकिदा मात्रै १९ प्रतिशत काम भएको आयोजनाको पूर्वी खण्डका प्रमुख रमेश दिष्टिले बताए ।

सम्झौताको साढे तीन वर्षको अवधिमामा निमार्ण सम्पन्न गर्ने जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले विभिन्न बहाना देखाएर काम समयमै सम्पन्न हुन नसकेको भन्दै ठेक्काको म्याद थपका लागी सरकार सँग लबिङ तिब्र पारेको छ । कन्सल्टयान्ट कम्पनीको सुझावमा म्याद थपको प्रक्रिया अगाडी बढाईएको र यस विषयमा छिट्टै निणर्य हुने आयोजनाको पूर्वी खण्डका प्रमुख दिष्टिले बताए ।

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएपछि २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले गैंडाकोटको नारायणी नदि पुल देखि बुटवल सम्म ११५ किलो मिटर सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत राखिएको छ । साढे तीन वर्ष मा काम सक्नु पर्नेमा १९ प्रतिशत मात्रै काम भएको हो ।

प्रकाशित : २०७९ साउन ३१ गते १६:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI