निर्वाचन आचारसंहिता जारी : के गर्न पाइन्छ, के पाइँदैन ? (पूर्णपाठ)

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १३ गते १९:३५
निर्वाचन आचारसंहिता जारी : के गर्न पाइन्छ, के पाइँदैन ? (पूर्णपाठ)
File Photo: Balot Box

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ ।

निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो ।

आचारसंहिताले प्रधानमन्त्री र मन्त्रीहरूलाई चुनाव प्रचारमा सहभागी हुन रोक लगाएको छ । आचारसंहितामा कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख छ ।

आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र कार्यपालिका पदाधिकारीले पालना गर्नुपर्ने ८ वटा आचरण तोकेको छ । जसमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नपाउने उल्लेख छ ।

तर, निर्वाचनमा आफैँ उमेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचार प्रसार गर्न जान भने पाउँछन् । यसरी प्रचार गर्न जाँदा सरकारी स्रोत साधन प्रयोग गर्न भने पाउनेछैनन् ।

हेर्नुस् पूर्णपाठ :

प्रकाशित : २०७९ भदौ १३ गते १९:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI