No ads found for this position

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १४ गते १९:१४
No ads found for this position
No ads found for this position

नवलपुर । यहि मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकोलागी देशै भरका निर्वाचन क्षेत्रमा राजनीतिक जोड घटाउ चलिरहेको छ ।

दुई वटा निर्वाचन क्षेत्र भएको नवलपुरमा पनि दलका नेताहरुले आफ्नो उम्मेदवारी दाबी गर्न सुरु गरेका छन । चासोको रुपमा हेरिएको नवलपुरको संघिय क्षेत्र नं १ मा भने नेपाली कांग्रेसबाट लगातार तीन कार्यकाल चुनाव जितेका कांग्रेसका पुर्व महामन्त्री डा. शशांक कोइराला चौथो पटक पनि चुनाव जितेर संसद प्रवेश गर्ने तयारीमा छ्न ।

कोइराला आफै हेविवेट नेता भएका र पार्टी सभापति शेरबहादुर देउवा सँगको निकटताको कारण यस पटक कांग्रेस बाट यो क्षेत्रमा उनैले टिकट ल्याउने पक्कापक्की जस्तो देखिएको छ । पार्टीको चौधौं महाधिवेशनमा शेखर कोइराला र शेरबहादुर देउवा सभापति पदको चुनाव लडदा मौन बसेर देउवालाई सहयोग गरेको आरोप आफ्नै परिवार भित्रैबाट खेपेका शशांकलाई पार्टी सभापति शेरबहादुर देउवाबाट टिकट लिन कुनै समस्या नरहेको देउवा निकट नेताहरुनै बताउछन ।
कोईरालाको निर्वाचन क्षेत्र भएका कारणले यो क्षेत्रमा नवलपुरका कांग्रेस नेताहरुले पनि ईच्छा जाहेर गर्न सकेका छैनन । नवलपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा क बाट चुनाव लडेर मुख्यमन्त्री बनेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल यस पटक यसै क्षेत्रबाट संघिय सांसदका लागी ईच्छुक देखि पनि कोईरालाले नै लडने बताए पछि उनि पछि हटेका छन । कोईराला यस क्षेत्रबाट लडने भए पछि मुख्यमन्त्री पोख्रेल संघिय समानुपातिकमा बस्ने या पुनः प्रदेश सभामा लडने भन्ने निर्णयमा पुगी नसकेको उनी निकट स्रोतले बतायो ।

त्यस्तै यहि क्षेत्रका लागी अर्का दावेदार भनिएका कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसीले पनि प्रदेश सभा तर्फ उम्मेदवारी गर्ने तयारी गरेका छन । अघिल्लो पटक निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा ख मा पराजित भएका जिसी यस पटक भने कांग्रेसको बलियो मानिएको निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा क मा उम्मेदवारी दिने गरि तयारीमा रहेका छन ।

२०७४ को प्रतिनिधी सभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार भन्दा ४ हजार २४ मतले अगाडी रहेर निर्वाचन जितेका कोईराला यस पटक पाँच दलिय गठबन्धनको उम्मेदवार बनेर सहज जित निकाल्ने दाउमा रहेका छन । गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतलाई हेर्दा कोईरालाको क्षेत्रमा कांग्रेसनै अगाडी देखिएको छ ।

वडा अध्यक्षहरुले पाएको मत अनुसार कांग्रेसको ४०५११, एमालको ३९९५१, राप्रपाको २३७३, माओवादीको १९२१, जसपाका १८८ मत रहेको छ । पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेर चुनाव लडदा यो क्षेत्रमा कोईरालालाई थप सहज हुने देखिएको छ ।

 

प्रकाशित : २०७९ भदौ १४ गते १९:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI