केन्या बिरुद्ध नेपालको सिरिज जित

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १४ गते १९:२६
केन्या बिरुद्ध नेपालको सिरिज जित

नवलपुर । पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले घरेलु टोलि केन्या बिरुद्ध ५ खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जितेको छ। सिरिज अन्तर्गत यस अघि पहिलो र तेस्रो खेल नेपालले तथा दोश्रो र चौंथो खेल केन्याले जितेको थियो।

नैरोबी स्थित जिमखाना मैदानमा नेपालले दिएको १७६ रनको लक्ष पछ्याएको केन्याले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १४४ रन मात्र बनायो। केन्याको लागि नेहिमिया ओढीयाम्बोले सर्वाधिक ३७ रन बनाए। सेम नोचेले अविजित ३३, इरफान करिमले २८, कोलिन्स ओबुयाले २३ रन बनाए।

नेपालको बलिंगमा सन्दिप लामिछाने र बसिर एहमदले २/२ विकेट तथा करन केसी र आदील आलमले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको नेपालले २० ओभरमा ७ विकेट क्षतिमा १७५ रन बनायो। नेपालको लागि ज्ञानेन्द्र मल्लले ३ वर्ष पछि टि-ट्वान्टी अर्धशतक बनाउने क्रममा ४४ बलमा ५९ रन बनाए। रोहित पौडेलले २५ बलमा ४७, अर्जुकेन्या बिरुद्ध नेपालको सिरिज जित

न साउदले २१ बलमा २९ तथा दिपेन्द्र ऐरीले १८ बलमा २२ रन बनाए। केन्या बलर नेमिया ओढीयाम्बो, शेम एनगोछे र भ्रज पटेलले २/२ विकेट लिए।

 

प्रकाशित : २०७९ भदौ १४ गते १९:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI