अफगानिस्तान एसिया कपको सुपर–४ मा

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १५ गते ८:५८
अफगानिस्तान एसिया कपको सुपर–४ मा

नवलपुर । अफगानिस्तानले एसिया कपमा लगातार दोस्रो विजय हासिल गर्ने क्रममा मंगलबार राति बंगलादेशमाथि ७ विकेटको प्रभावशाली विजय हासिल गरेको छ ।

शारजाह क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बंगलादशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्य अफगानिस्तानले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । यससँगै अफगानिस्तानले समूह ‘बी’मा दुई खेलबाट ४ अंक जोडेको छ ।

अफगानिस्तानले यसअघि श्रीलंकालाई हराएको थियो । बंगलादेश र श्रीलंका अंकबिहीन छन् । अफगानिस्तान समूह विजेता हुँदै सुपर–४ मा प्रवेश गर्ने पक्का भएको छ ।

अफगानिस्तानका नाजिबुल्लाह जर्नानले अविजित ४३ रन बनाए भने इब्राहिम जर्दानले अविजित ४२ रन बनाए । हजरातुल्लाह जजाईले २३ रन जोडे । बंगलादेशका मोहमम्मद सैफुद्धिन, मोसद्धक होसैन र कप्तान शाकीब अल हसनले समान एक/एक विकेट लिए ।

त्यसअघि बंगलादेशका लागि मोसद्धक होसैनले सबैभन्दा धेरै ४८ रन बनाए । महमुदुल्लाहले २५ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका मुजिब रहमान र रशिद खानले समान ३ विकेट लिए ।

एसिया कपमा आज समूह ‘ए’का हङकङ र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित : २०७९ भदौ १५ गते ८:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI