यी नदीमा आज बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १५ गते ९:५३
यी नदीमा आज बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देवघाटस्थित नारायणी, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मर्स्याङ्दी, दमौलीस्थित सेती, कुमालगाउँस्थित कालीगण्डकी, मैनाचुलीस्थित कन्काई, वेलस्रोतस्थित कमला, पधेरादोभानस्थित वाग्मती र रजैयास्थित पूर्वी राप्तीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज उदयपुर, सिन्धुली, मकवानपुर, बारा, पर्सा, चितवन, धादिङ, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ, गुल्मी, अर्घाखाँची, पाल्पा र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केही नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

यस्तै, रौतहट, सर्लाही, महोत्तरी, प्युठान, रोल्पा, सल्यान, दाङ, रुकुम पूर्व, सुर्खेत र आसपास भई बहने साना नदीहरूमा पनि बहाव बढ्ने पुर्वानुमान छ ।

उक्त नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

302182236_436581978503931_817067561948007641_n1661918667.jpg

 

प्रकाशित : २०७९ भदौ १५ गते ९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI