पत्रकार महासंघ नवलपुर शाखाको भवन मुख्यमन्त्री पोख्रेलद्वारा शिलान्यास

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १५ गते २०:५६
पत्रकार महासंघ नवलपुर शाखाको भवन मुख्यमन्त्री पोख्रेलद्वारा शिलान्यास

कावासोती । नेपाल पत्रकार महासंघ नवलपुर शाखाको भवन शिलान्यास गरिएको छ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले भवनको शिलान्यास गरेका हुन ।

भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण्मचन्द्र नेपाली पोख्रेलले पत्रकारीता जगतबाट आउने रचनात्मक आलेचनाको सम्मान गर्ने बताएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले पत्रकारीता जगतबाट आफुले सधै रचनात्मक आलेचना पाएको र यसले आफुले उर्जा दिने बताए । “राज्यले सरकारले गर्ने गरेका कामको रचनात्मक आलेचना गरेर सरकारका कमि कम्जोरी औल्याईदिनुस, तपाईहरुको संवैधानीक अधिकारको ग्यारेन्टी सरकारले गर्छ ,” उनले भने । “नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारले पु¥याएको योगदान आफैमा महत्वपुर्ण छ, स्मरणीय छ ।” संविधानले नै पुर्ण स्वतन्त्रता सहितको प्रेसको परिकल्पना गरेकाले पुर्ण प्रेश स्वतन्त्रता सहितको प्रेसले नै लोकतन्त्रको हित गर्ने मुख्यमन्त्री पोख्रेलको धारणा थियो ।

गृह जिल्ला आईपुगेका मुख्यमन्त्री पोख्रेलले जिल्लाको नाम नवलपुर बनाउन प्रदेशको समस्या समाधान समितिको बैठकबाट निर्णय गरेर पठाएको तर यसका लागी संविधान संसोधननै गर्नु पर्ने भएकाले प्रदेश सरकारको एकल प्रयासले नहुने बताए । फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री पोख्रेलले जिल्लामा बन्ने भनिएको नमूना सदरमुकामको काम केन्द्र सरकारले अगाडी बढाएको हुनाले आफुहरुले मात्रै बजेट छुट्टयाएर मात्रै काम अगाडी नबढने भएकाले यसमा केन्द्र सरकारकै ध्यानाकर्षण गर्नु पर्ने बताए । “केही कानुुनी अडचन र प्रावधानका कारणले काम रोकिएकाले काम अगाडी बढेको छैन, अबको केही दिनमा समाधान हुने केन्द्रबाट जवाफ पाएको छु समाधान हुन साथ प्रदेशले समेत बजेट छुट्टयाउछ ।” उनले भने ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले आगामी निर्वाचनलाई सफल बनाउन पत्रकारहरुको ठुलो जिम्म्ेवारी र कार्यभार भएकाले सत्य तथ्य र निष्पक्ष समाचर संम्प्रेषण गरेर पत्रकारीताको ओझ गरिमा र विश्वसनियता कायम राख्ने गरि काम गर्न आग्रह समेत गरेका छन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ  केन्द्रिय अध्यक्ष विपुल पोख्रेल ,प्रदेश सभा सदस्य रोशन बहादुर गाहा , विष्णु प्रसाद लामिछाने ,  ओमकला गौतम ,  जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा , कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसाल , मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारी , देवचुली नगर प्रमुख हरि प्रसाद न्यौपाने , विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष धनश्याम गिरी , हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पाण्डे , मुख्य मन्त्री कार्यालयका सचिव मनमाया  पंगेनी , नेपाल पत्रकार महासंघ  गण्डकी प्रदेश उपाध्यक्ष दीपक भट्टराई , नेपाली काङ्ग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिशि,  नेकपा एमाले जिल्ला कमिटी उपसचिव भिमलाल कडेल , माओवादी केन्द्र जिल्ला सचिव शुस्मा खनाल , प्रेस चौतारी केन्द्रिय सदस्य हिमालदेव पंगेनी , प्रेस युनियन केन्द्रिय सदस्य घनश्याम बगाले , प्रेस चौतारी जिल्ला अध्यक्ष शालिकराम कोइराला  लगायतकाको उपस्थित रहेको थियो ।

प्रकाशित : २०७९ भदौ १५ गते २०:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI