No ads found for this position

नवलपुरमा क्षेत्र नं. १ मा काँग्रेसबाट प्रत्यक्ष तर्फ तीन जनाको आवेदन

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १६ गते १८:०२
No ads found for this position
नवलपुरमा क्षेत्र नं. १ मा काँग्रेसबाट प्रत्यक्ष तर्फ तीन जनाको आवेदन
No ads found for this position

नवलपुर । मंसिर ४ गते हुने संघीय तहको निर्वाचनका लागि नवलपुरमा काँग्रेस भित्र तरंग सुरु भएको छ । बिहिबार आज नवलपुर निर्वाचन क्षेत्र नं. १ का लागि उम्मेद्वार बन्न इच्छुकलाई क्षेत्रीय कार्यसमितिले आवेदन दिन आह्वान गरेको थियो ।

पहिलो दिन काँग्रेस केन्द्रीय सदस्य तथा तीन पटक यस क्षेत्रबाट विजयी बन्नुभएका प्रा.डा. शशांक कोइरालाको आवेदन भने परेन । कोइराला निकट स्रोतका अनुसार शनिबार जिल्ला आउने कार्यक्रम रहेको हुँदा सोही समयमा आवेदन दर्ता हुने बताइएको छ ।

आवेदनका लागि भदौ १८ सम्मको मिति रहेको क्षेत्रीय सभापति अमृत भट्टचनले बताउनुभयो । क्षेत्रीय समितिका सचिव अमृत श्रेष्ठका अनुसार आज पहिलो दिन प्रत्यक्ष तर्फ काँग्रेस नेताहरु ओमकला गौतम, महेन्द्रभक्त अधिकारी र गणेश सापकोटाको उम्मेद्वारीका लागि आवेदन परेको छ ।

यस्तै समानुपातिक उम्मेद्वारका लागि ५ जनाको उम्मेद्वारी परेको छ । काँग्रेस नेताहरु हेमराज कोइराला, धनबहादुर मास्के राना, मैना कामी, भानु सिग्देल, विना कुमारी थनेतको आवेदन परेको छ । काँग्रेस नेतृ मैना कामीले भने प्रदेश र संघ दुबै तर्फ समानुपातिकमा उम्मेद्वारीका लागि आवेदन दिनुभएको छ ।

प्रकाशित : २०७९ भदौ १६ गते १८:०२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI