No ads found for this position

श्रीलंका एसिया कपको सुपर–४ मा, बंगलादेश बाहिरियो

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १७ गते ९:१२
No ads found for this position
श्रीलंका एसिया कपको सुपर–४ मा, बंगलादेश बाहिरियो
No ads found for this position

नवलपुर  । कुसल मेन्डिसको अर्धशतक तथा कप्तान डासुन शानकाको ४५ रनप्रेरित श्रीलंकाले बिहीबार राति  बंगलादेशलाई हराउँदै एसिया कपको सुपर–४ मा स्थान बनाएको छ । पराजित बंगलादेश भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । १८४ रनको लक्ष्य श्रीलंकाले १९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

यससँगै श्रीलंकाले प्रतियोगिताको सुपर–४ मा स्थान बनाएको हो । श्रीलंका सम्मिलित समूह ‘बी’बाट यसअघि अफगानिस्तानले सुपर–४ मा स्थान बनाइसकेको छ । समूह ‘ए’बाट भारतले सुपर–४ मा स्थान बनाएको छ । आज हुने पाकिस्तान र हङकङबीचको खेलले समूह ‘ए’बाट सुपर–४ पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

सुपर–४ राउण्ड रोविन लिग पद्धतिमा खेलाइनेछ । सुपर–४ को शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

बंगलादेशका लागि अफिफ होसैनले सबैभन्दा ३९ रन बनाए । मेहिदी हसन मिराजले ३८, महमुदुल्लाहले २७ तथा कप्तान शाकीब अल हसन र मोसद्धक होसैनले समान २४ रन बनाए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकाका चमिका करुणारत्ने र वानिन्दु हसरंगा डी सिल्भाले समान २ विकेट बनाए । दिलशान मदुशानका, महीश थीकशाना र असिथा फर्नान्डोले एक/एक विकेट लिए ।

१८४ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाका मेन्डिसले ३७ बलमा ४ चौका र ३ छक्कासहित ६० रन बनाए । कप्तान शानकाले ३३ बलमा ३ चौका र दुई छक्कासहित ४५ रन बनाए । पाथुम निसान्काले २० रन बनाए । असिथा फर्नान्डोले ३ बलमा दुई चौकासहित अविजित १० रन बनाए ।

बंगलादेशका एबाडोट होसैनले ३ विकेट लिँदा तस्किन अहमदले २ विकेट लिए । मुस्तफिजुर रहमान र महेदी हसनले एक/एक विकेट लिए ।

प्रकाशित : २०७९ भदौ १७ गते ९:१२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI