प्रदेश सभा निर्वाचनका लागि नवलपुर २(क) मा काँग्रेसबाट १५ जना आंकाक्षीको आवेदन

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १८ गते २०:३७
प्रदेश सभा निर्वाचनका लागि नवलपुर २(क) मा काँग्रेसबाट १५ जना आंकाक्षीको आवेदन

नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नं. २ (क) को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ काँग्रेसबाट १५ जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन् । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर २ (क) का सचिव प्रेमबहादुर घर्तीका अनुसार प्रत्यक्ष तर्फ ८ जना र समानुपातिक तर्फ ७ जनाले उम्मेद्वारीका लागि नाम दर्ता गराएका हुन ।

प्रत्यक्ष तर्फ विष्णु प्रसाद लामिछाने ,ओम कुमारी महत्तो,रामचन्द्र भन्डारी,श्रीधर भट्टराई ,रमेश अधिकारी ,काशी पाठक ,देबराज भट्टराई ,अमृत श्रेष्ठ र मित्र भट्टराईले उम्मेद्वारीका लागि आवेदन दिएका छन् ।

त्यस्तै समानुपातिक तर्फ लक्ष्मी मैनाली(महिला कोटा), श्याम श्रेष्ठ,दुर्गा बहादुर राना कमान सिं सुस्लिङ,गुन्जेश्वोरी महत्तो,कृष्ण प्रसाद काफ्ले ,इन्द्र प्रसाद फालले आवेदन दिएका छन् ।

नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर २(क) को शनिबार बसेको बैठकमा मंसीर ४ मा हुने निवार्चनमा उम्मेदवार बन्न चाहनेले नाम दर्ता गराएका हुन । सरकारले यही मंसीर ४ गते प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन गर्ने घोषणा गरेको छ ।

प्रकाशित : २०७९ भदौ १८ गते २०:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI