देशभर पानी पर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १९ गते ९:४५
देशभर पानी पर्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली छ । वाग्मतीका थोरै र अरू प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही तथा अरू प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश–१, मधेस, वाग्मती, गण्डकी प्रदेश र लुम्बिनीमा सामान्य बदली तथा अरू प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश–१, मधेस र गण्डकीका थोरै तथा अरू प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : २०७९ भदौ १९ गते ९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI