देवचुलीका जनप्रतिनिधिले सार्वजनिक गरे सय दिनका उपलब्धि

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १९ गते २०:२१
देवचुलीका जनप्रतिनिधिले सार्वजनिक गरे सय दिनका उपलब्धि

नवलपुर । देवचुली नगरपालिकाले १ सयदिनका कार्य तथा उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमार्फत १ सय दिनका उपलब्धि सार्वजनिक गरिएको हो ।

नगरप्रमुख हरिप्रसाद न्यौपानेले ४५ बुँदामा समेटिएका कार्यहरुको सूची प्रस्तुत गर्नुभयो । वहाँले ४५ बुँदामा समेटिएका गतिबिधि सार्वजनिक गर्दा पहल गरिएका, आग्रह गरिएका, योजना निर्माण गरिएका धेरै बुँदा रहेका छन् ।
सार्वजनिक गरिएका बुँदामध्ये ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने बुँदालाई नगरपालिकाले थालनी गरेको प्रमुख कार्यको रुपमा लिएको छ । जुन आजै देवचुली नगरपालिकाको वडा नं. १६ रजहरस्थित वडा कार्यालयको सभाहलमा आयोजित उद्घाटन कार्यक्रमबाट शुभारम्भ भई नगरका १७ वटै वडाबाट आजै एकैसाथ स्वास्थ्य सेवा प्रदान गरिने अभियान शुरु भएको छ ।

नगर प्रमुख न्यौपानेले कार्यकाल सम्हालेको पहिलो १ सय दिनमा बनाईएका कार्यबिधि र ऐनमार्फत आउँदो १ सय दिनमा परिणाममुखी कार्य गर्ने गरि अगाडी बढ्ने जिकिर गर्नुभयो ।
पत्रकार सम्मेलनमा नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी र स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले विषयगत जवाफ दिनुभएको थियो ।

प्रकाशित : २०७९ भदौ १९ गते २०:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI