No ads found for this position

माओबादी केन्द्र नवलपुरले गर्याे प्रचण्ड सहित ४४ जना काे उम्मेदवारी सिफारीस

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २० गते ०:०९
No ads found for this position
माओबादी केन्द्र नवलपुरले गर्याे प्रचण्ड सहित ४४ जना काे उम्मेदवारी सिफारीस
No ads found for this position

दीपक भट्टराई
नवलपुर २० भदौं । नेकपा माओबादी केन्द्र नवलपुरले मंसिरमा हुने संघीय र प्रदेश निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरेको छ ।
नवलपुरकाे देबचुलीमा आईतबार बसेकाे जिल्ला कमिटिकाे बैठकले संघ ,प्रदेश का प्रत्यक्ष र समानुपातिक उम्मेद्वार गरि ४४ जनाकाे नाम सिफारिस गरेकाे हाे ।
नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधी सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गर्ने निर्णय भएको माओवादी जिल्ला समन्वय समितिका संयोजक तथा केन्द्रीय सदस्य धन प्रसाद सापकाेटाले बताए ।

माओबादी केन्द्र का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष धन प्रसाद सापकाेटाका अनुशार नवलपुर क्षेत्र नम्बर एक काे प्रतिनिधि सभामा प्रचण्ड सहित ५ जनाकाे उम्मेदवार सिफारिस गरेकाे छ जसमा पुस्पकमल दाहाल प्रचण्ड , ठाकुर चापागाईं, ईन्द्र भुसाल , षडानन्द सापकाेटा र पार्बति आचार्य काे नाम सिफारीस गरिएकाे सापकाेटाले बताए ।

यसै गरि नवलपुर क्षेत्र नम्बर १ प्रदेश सभा क काे प्रत्यक्ष उम्देवारमा मित्र शरण शर्मा , धन प्रसाद सापकाेटा , सुर्य न्याैपाने ,बलराम चालिसे , र अम्बिका सापकाेटाकाे नाम सिफारीस गरेकाे छ ।भने प्रदेश ख मा लाेक प्रसाद भुर्तेल भिषण ,हुकुम सुवेदी , प्रेमा खनाल ,पुर्णकला भुसाल र दुर्गा भुसाल लाई उम्मेदवारी सिफारीस भएकाे सापकाेटाले बताए ।

केन्द्र ले नवलपुर २ प्रतिनिधिसभा काे प्रत्यक्ष उम्मेदवारी मा बालकृण्ण गैरे , डासीराम बस्याल , प्रेम बस्नेत , सरला खनाल र दुर्गा रसाईलीलाई सिफारीस गरेकाेछ । भने प्रदेशसभा क प्रत्यक्ष उम्मेदवारमा चेतनाथ पाेख्रेल , चन्द्र बहादुर थापा ,रामराज पन्डित ,साैगम कुमार श्रीपाली , हेमकुमारी सुनार लाई सिफारिस गरेकाे हाे । यसै गरि प्रदेश सभा ख काे प्रत्यक्ष उम्मेदवारमा तारा प्रसाद भुसाल ,कृण्ण प्रसाद पाण्डे , हरी पाण्डे , ओमकान्त अधिकारी अनन्त, रूकमाया पुन मगरलाई सिफारीस गरेकाे छ ।

केन्द्रले समानुपातिक उम्मेदवारमा बालकृष्ण रानाभाट, धर्मकेसी ,कृण्ण प्रसाद शर्मा ,नेत्र सुनार ,टिकाराम घर्ती ,टंक पुलामी ,कृण्ण प्रसाद भट्टराई , शुस्मा खनाल , लक्षमी खाड , दमयन्ती रूचाल ,ईश्वरी महत्त्व , देबी अधिकारी ,रमिला भुजेल,लाई सिफारिस गरिएकाे अध्यक्ष सापकाेटा ले बताए ।

प्रकाशित : २०७९ भदौ २० गते ०:०९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI