तेस्रो एकदिवसीयमा केन्यासँग खेल्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २० गते ८:१६
तेस्रो एकदिवसीयमा केन्यासँग खेल्दै नेपाल

नवलपुर । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज केन्यासँग अन्तिम खेल खेल्दैछ । नैरोबीस्थित जिमखान क्लब क्रिकेट मैदानमा खेल दिउँसो पौने एक बजे सुरु हुने छ ।

सुरुवाती दुई खेल लगातार जितेर सिरिजमा कब्जा जमाइसकेको नेपाल अन्तिम खेल जितेर क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ । पहिलो एकदिवसीयमा सात विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा केन्यालाई १७ रनले पराजित गरेको थियो ।

नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा कप्तानको भूमिकामा रहेका रोहितकुमार पौडेलले व्यक्तिगत रुपमा सानदार प्रदर्शन गर्दै आफ्नो्े कप्तानीमा पहिलो एकदिवसीय सिरिज पनि जिताएका छन् ।

नेपालले एकदिवसीय सिरिजअघि खलेको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पनि केन्यालाई ३–२ ले हराएको थियो ।

प्रकाशित : २०७९ भदौ २० गते ८:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI