नवलपुर क्षेत्र नं एकमा प्रचण्ड देखि विनोद चौधरी सम्मको नाम सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २० गते १३:१९
नवलपुर क्षेत्र नं एकमा प्रचण्ड देखि विनोद चौधरी सम्मको नाम सिफारिस

राजु चापागाईं
कावासोती, २० भदौ(रासस)

मंसिर ४ गतेलाई घोषणा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागी पुर्वी नवलपरासीमा पनि दलहरुले उम्मेदवार सिफारिस गर्न सुरु गरेका छ्न ।

दुईवटा निर्वाचन क्षेत्र भएको जिल्लामा केन्द्रिय नेताहरुलाई दलहरुले उम्मेदवारको रुपमा आफ्ना माथिल्ला कमिटीलाई नाम सिफारिस गर्न सुरु गरेका छ्न ।

जिल्लाको संघीय निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसले २०६४ देखि निरन्तर निर्वाचन जितेका डा शशांक कोइराला र उद्योग पति व्यापारी विनोद चौधरी सहित ६ जनाको नाम प्रत्यक्ष तफ सिफारिस गरेको छ । शनिबार कांग्रेसबाट डा.शशांक कोइराला, विनोद चौधरी हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीलाई कांग्रेसको क्षेत्रीय समितिले सिफारिस गरेको क्षेत्रीय सभापति अमृत भट्टचनले बताए ।

त्यसै गरि नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल सहित ठाकुर चापागाईं, ईन्द्र भुसाल , षडानन्द सापकाेटा र पार्बति आचार्य काे नाम सिफारीस गरिएकाे माओवादी केन्द्रिय सदस्य एवं जिल्ला संयोजक धनप्रसाद सापकोटाले बताए भने नेकपा एमालेले केन्द्रिय सदस्यद्वय कृष्ण पौडेल र रविन्द्र अधिकारी तथा नारायणप्रसाद तिमिल्सिनाको नाम प्रत्यक्ष तर्फ माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।

जिल्लाको क्षेत्र नं १ मा २०४८ साल देखि निरन्तर चुनाव जित्दै आएको कांग्रेसले चौथो पटक शशांक कोइरालालाईनै मैदानमा उतारने पक्का पक्की भएको बताइन्छ । कोइराला सँगै अर्का केन्द्रिय सदस्य एवं उद्योग पति व्यापारी विनोद चौधरीले जिल्लाकै अर्को क्षेत्र क्षेत्र नं २ मा आकांक्षा देखाएको र त्यही क्षेत्रको दाबीलाई सहज बनाउन उम्मेदवारी दिएका उनी निकट स्रोतले बतायो ।

माओवादी केन्द्रले केन्द्रिय अध्यक्ष प्रचण्डको नाम सिफारिस गरे पनि उनी चितवन ३ बाटनै चुनाव लडने बताई सकेकाले यो क्षेत्रमा गठबन्धनबाट कोइरालानै उम्मेदवार हुने देखिएको छ ।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस नेता डा. कोइरालाले वाम गठबन्धनका उम्मेदवार भविष्वर पराजुलीलाई ४ हजार बढी मतको अन्तरले पराजित गरेका थिए ।

प्रकाशित : २०७९ भदौ २० गते १३:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI