विनोद चौधरी पश्चिम नवलपरासी क्षेत्र नं १ बाट पनि सिफारिस, क्षेत्र नं २ मा कंडेल सर्वसम्मत

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २० गते १५:३१
विनोद चौधरी पश्चिम नवलपरासी क्षेत्र नं १ बाट पनि सिफारिस, क्षेत्र नं २ मा कंडेल सर्वसम्मत

नवलपुर । नेपाली कांग्रेसले पश्चिम नवलपरासीका दुई प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।

क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा अर्बपति विनोद चौधरीसहित ५ जना सिफारिस भएका छन् भने क्षेत्र नंं. २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ देवकरण कलवार, विक्रम खनाल,कुल्दिप आचार्य, विनोद चौधरी र उषा बास्तोला सिफारिस भएका छन् । यस्त प्रदेश सभातर्फ (क) मा विश्व प्रेम पाठक र (ख)मा मुकुल आचार्य सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्र नंं. २ (क) मा मोहन शर्मा सर्वसम्मत तथा (ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरि सिफारिस भएका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले जानकारी दिए ।

प्रकाशित : २०७९ भदौ २० गते १५:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI