नवलपुर २ चौधरीलाई कति सहज ? पालिका सभापतिहरुको एक स्वर :परिस्थिति नियन्त्रण बाहिर जान सक्छ

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २० गते १८:५६
नवलपुर २ चौधरीलाई कति सहज ? पालिका सभापतिहरुको एक स्वर :परिस्थिति नियन्त्रण बाहिर जान सक्छ

आशिष रेग्मी/नवलपुर । नेपालका एकमात्र डलर अर्बपती एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य विनोद कुमार चौधरी संसद भवन छिर्न यसपटक प्रत्यक्ष चुनाव लड्नै पर्ने दबाबमा छन । यसकारण उनको राजनैतिक मामिला हेर्ने सचिवालय अहिले पनि विभिन्न जिल्लाका चुनावी क्षेत्रको हिसाब किताबमा व्यस्त छ ।

उनि भने आफ्नै जिल्ला नवलपुरबाट निर्वाचन लड्ने मुडमा देखिन्छन । नवलपुरका सार्वजनिक कार्यक्रममा आउने उनको अभिव्यक्ति हेर्दा यो पत्ता लगाउन राजनैतिक पण्डितहरु खोज्नै चाहि पर्दैन । हाल समानुपातिक सांसद रहेका चौधरीले २ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा दुबै क्षेत्रबाट चुनाव लड्नका लागि क्षेत्रीय कार्य समितिलाई आवेदन दिएका छन । क्षेत्र नम्बर २ मा कार्य समितिको बैठक चलिरहदा उनी स्वयम् बैठक स्थल वरिपरि उपस्थित भएको उनको सचिवालयले बताएको छ । सचिवालयका एक कर्मचारीका अनुसार क्षेत्रीय कार्य समितिको बैठक चलिरहेकाले उनी बैठकमा उपस्थित नभई केही कार्यकर्ता भेटेर फर्किएका थिए ।

नवलपुर क्षेत्र नम्बर २ अहिले सम्म काङ्ग्रेसले जित निकाल्न नसकेको चुनाव क्षेत्र हो । चौधरीले काङ्ग्रेसले कहिल्यै चुनाव नजितेको क्षेत्रमा निर्वाचन लड्न तयार छु भनेर दिने अभिव्यक्ति र नवलपुर क्षेत्र नम्बर १ मा आवेदन दिएको केही दिनमा क्षेत्र नम्बर २ मा पनि निर्वाचन लड्न आवेदन दिनुले उनी क्षेत्र नम्बर २ बाट चुनाव जितेर संसद छिर्न चाहन्छन भनेर राजनीतिशास्त्र अध्यन नगरेकाले पनि सहजै अनुमान लगाउन सक्छन ।

क्षेत्र नम्बर १ का मतदाता चौधरीको बिपि पुत्र डा.शशांक कोईराला सँग आफ्नो पारिवारिक सम्बन्ध रहेको भनेर आउने अभिव्यक्तिले पनि शशांकले १५ बर्ष देखि लड्दै आएको चुनावी क्षेत्र नम्बर १ मा नलडेर क्षेत्र नम्बर २ मा नै लड्न चाहेका हुन भनेर अनुमानको प्रतिशत बढाउन सकिने काङ्ग्रेस कार्यकर्ता बताउँछन ।

यस क्षेत्रमा बौदिकाली गाउँपालिका ,हुप्सेकोट गाउँपालिका,बिनयी त्रिबेणि गाउँपालिका, मध्यबिन्दु नगरपालिकाको पुरै वडा तथा कावासोती नगरपालिकाका ६ वटा वडा पर्दछन । २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका विष्णु कुमार कार्की र एमालेका तिल बहादुर महत चुनावी मैदानमा आमनेसामने थिए । महतले १३३३ मतले कार्कीलाई पराजित गरेका थिए । जतिबेला बाम गठबन्धन थियो । उनै २०७४ का उपबिजेता कार्कीले यसपटक पनि प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन लड्न आवेदन दिएका छन ।

कार्किले यसपटक बाम गठबन्धन नभएको,पराजय पश्चात् पनि आफु जनताकै बिचमा रहेकाले पनि यसपटक निर्वाचन जित्नेमा बिश्वस्त देखिन्छन । कार्कीको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ को सङ्गठनमा राम्रो प्रभाब र पकड रहेको क्षेत्रका नेता कार्यकर्ता बताउँछन । क्षेत्र नम्बर २ बाट निर्वाचन लड्न नेता चौधरी र कार्की बाहेक ८ जनाले आवेदन पेश गरेका छन । तर त्यि आवेदन प्रतिस्ठा र बार्गेनिङमै सिमित हुने क्षेत्रीय कार्य समितिका पदाधिकारीको बुझाई छ । त्यसमा पनि पाटीको केन्द्रिय सदस्य समेत रहेको,पाटिको पदाधिकारीहरु सङ्गको राम्रो सम्बन्ध भएको तथा अन्तरास्ट्रिय परिचयका कारण चौधरीले गरुङ्गो ईच्छा राख्दा कार्कीको ब्यवस्थापन गरेर उनिनै उम्मेद्वार हुन सक्ने बुझाई जिल्लाका नेता कार्यकर्तामा छ ।

यस्तो अवस्थामा क्षेत्र नम्बर २ अन्तरगतका पालिका सभापतिहरु संग हामिले विनोद कुमार चौधरी नै उम्मेदवार हुँदा उनको जित कति सहज छ भनेर प्रश्न गरेका छौं ।

 

केबि राना सभापति,बौदीकाली गाउँपालिका

“नेपाली काङ्ग्रेसका कार्यकर्ताको लेबलमा माननीय बिनोद चौधरीको राम्रो छैन, उनिहरु(कार्यकर्ता) अघिल्लो पटकका उम्मेद्बार बिष्णु कार्किको योगदानका कारण पनि बिष्णु कार्की नै आउनुपर्छ भन्ने ईच्छा राख्छन । चुनाब जित्ने त कार्यकर्ता क्रियाशिल भएर हो,कार्यकर्तानै असन्तुष्ट भए भने उहाँ (चौधरीले) जित्न गाह्रो हुन्छ । तर कार्यकर्ताहरु मैदानमा होमिदा चौधरीको अन्तर्राष्ट्रिय पहिचान भएका कारण न्युटल भोट आकर्षित हुन्छ्न, त्यो अवस्थामा सानदार जित सम्भब हुन सक्छ ।”

 

बल बहादुर राना सभापति,हुप्सेकोट गाउँपालिका

“अहिले कार्यकर्ता र भोटरले आफुले जिताएको नेताले सजिलै चिनोस,भेट गर्न पाईयोस भन्छन । उहाँ (चौधरी)लाई कार्यकर्ता त के माथिल्लो लेबलका नेताले पनि आवश्यक परेको बेला भेट्न पाईन्न । यसकारण पनि उहाँ उम्मेद्बार हुँदा मत खसाल्न गाह्रो हुने देखिन्छ । सामान्य भोटर र कार्यकर्ताको उहाँ भन्दा पुरानै उम्मेद्बार (कार्की)प्रती आकर्षण देखिन्छ, योगदानको त कदर हुन पर्यो नि पाटिमा भन्ने छ । ”

दोमन भण्डारि सभापति,मध्यबिन्दु नगरपालिका

 

“यहाँ सधै बाहिरका नेता आएर चुनाब लडेका छन । जसका कारण यहाँका नेताहरु अबसरबाट बन्चित भएका छन ,अनि कार्यकर्तामा नैराश्यता छ,त्यो प्रभाब मतमा पर्न सक्छ । जनतामा नभिजेको,भुगोल नचिनेका कारण उहाँ(चौधरी)लाई तुलनात्मक रुपमा अरुलाई भन्दा गाह्रो छ । अन्तर्राष्ट्रिय पहिचान हेर्दैन नि मतदाताले ,मतदाताले त नेता मर्दापर्दा आओस भन्ने चाहन्छ ,एडभान्स भैसके नि मतदाता ”

सालिकराम ढकाल सभापति,कावासोती नगरपालिका

” उहाँ पाटी भित्रको बिवादमा नमुछिएको फेयर नेता हो । तर बहुदल आएपछी यहाँ सबै आयातीत उम्मेद्बार छन । उहाँ आउँदा पनि त्यही पुनरावृत्ति हुन्छ । कार्यकर्तामा गुनासो बढ्न सक्छ । त्यो गुनासोले निर्वाचनमा प्रभाब पार्न सक्छ । अर्को कुरा भुगोल पनि उहाँलाई थाहा छैन । यो सबै अहिलेका भोटरले बिचार गर्न सक्छन । ”

अजित कुमार थापा सभापति ,विनयी त्रिबेणि गाउँपालिका

“जित त गार्‍हो छ नि,उहाँलाई राजनैतिक भन्दा ब्यवसायिक रुपमा चिन्दछन । अर्को कुरा उहाँ उम्मेद्बार हुँदा अघिल्लो पटक हारेर पनि निरन्तर गाउँ गाउँमा हिडेका बिश्नु कार्की प्रती मतदाताको सेन्टिमेण्ट पनि उहाँ (चौधरी) लाई ब्याकफाएर हुन सक्छ । उहाँ गाउँ आउँदा हप्तौ अगाडि सेड्युल बनाउन पर्छ । त्यसरी त कसरी होला र ? ”
(“टेलिफोन कुराकानीमा आधारित”)

प्रकाशित : २०७९ भदौ २० गते १८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI