पालिका अध्यक्ष फरार

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २१ गते ११:३६

परासी — पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता सम्पर्कविहीन भएका छन् । जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी सम्पर्कविहीन भएका हुन् । लागूऔषध मुद्दामा दुई भारतीय नागरिकलाई नियतवश फसाएको मुद्दामा थप अनुसन्धानका लागि अदालतले गुप्तालाई पक्राउ गर्न पुर्जी जारी गरेको हो ।

उनी १० दिनदेखि कार्यालय नआएको र खोजी भइरहेको पश्चिम नवलपरासीका प्रहरी प्रमुख ऋषिराम कँडेलले बताए । गत असार २२ मा जिल्लाको रामग्राम नगरपालिका–१७ पिपरहियाबाट प्रहरीले भारत मोतीहारी घर भएर जिल्लाको भुमहीमा कवाडीको कारोबार गर्ने रामा गुप्ता र जितेन्द्र पासवानलाई लागूऔषध ओसारपसार गरेको भन्दै पक्राउ गरेको थियो ।

दुवै जनाविरुद्ध अहिले मुद्दा चलिरहेको छ । गाउँपालिका अध्यक्षले आर्थिक लेनदेन नमिलेपछि नियतवश यिनीहरूलाई फसाएको आरोप छ । गुप्ता अनुपस्थित भएपछि कार्यपालिका सदस्यले वडा नं. १ का अध्यक्ष चुल्हाईप्रसाद यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।-ईकान्तिपुरबाट

प्रकाशित : २०७९ भदौ २१ गते ११:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI