अविरल वर्षाले जलमग्न कावासोती

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २२ गते ८:४५
अविरल वर्षाले जलमग्न कावासोती

कावासोती (रासस)। मंगलबार राति देखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोतीको फिल्महल चोक, सभापति चोक लगाएतका स्थानहरु जलमग्न भएका हुन ।

पानीको सतह बढेपछि कावासोतीको मुख्य बजारक्षेत्रमा पानी जमेको छ । नारायणघाट बुटवल सडकखण्ड बिस्तारको क्रममा सडकमा परेका नाली तथा ढल भत्काईएको र नयाँ नाली र ढल निर्माण नहुँदा वर्षातको पानी बग्न नपाए पछि डुबान भएको हो ।

नगर क्षेत्रका बाटो जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सवारीसाधन कुदाउन र आउजाउ गर्न समस्या भएको छ । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । बुटवल नारायणघाट सडकको काम समयमै सम्पन्न नहुदाँ घाम लाग्दा बेस्सरी धुलो उड्ने र पानी परेपछि भने हिलाम्य हुने समस्याले यति बेला स्थानिय सकसमा रहेका छ्न । सडकको कालोपत्रे भत्किएर बनेका ठूला खाल्डोमा पानी जम्दा सवारीचालक र पैदलयात्रीलाई आवतजावतमा समेत समस्या परेको छ ।

वर्षातको पानीले निकास नपाउदा बजारक्षेत्र आसपासका स्कुल, अस्पताल, सरकारी कार्यालय र सर्वसाधारणका घरमा समेत पानी प्रवेश गरेको छ ।

प्रकाशित : २०७९ भदौ २२ गते ८:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI