श्रीलंकासँग भारत पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २२ गते ८:५६
श्रीलंकासँग भारत पराजित

नवलपुर । एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा मंगलबार भारतलाई श्रीलंकाले ६ विकेटले हराएको छ । दोस्रो खेलमा पनि हार बेहोरेपछि भारतलाई फाइनल पुग्न निकै कठिन हुने देखिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९।५ ओभरमा ६ विकेट वाकी राख्दै पुरा ग¥यो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ५७ रन बनाउँदा पथुम निसंकाले ५२ रनको योगदान गरे ।

दासुन शनाका र भानुका राजापक्षले नटआउट रहँदै क्रमशः ३३ र २५ रन बनाए । भारतका लागि युजवेन्द्र चहलले ३ र रविचन्द्रन अश्वीनले १ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन बनाए । ४१ बलमा उनले ५ चौका र ४ छक्काको मद्दतमा उक्त योगफल बनाएका हुन् ।

सूर्यकुमार यादवले ३४ रन बनाउँदा ऋषभ पन्त र हार्दिक पाण्डयाले १७÷१७ रन बनाए । पूर्व कप्तान विराट कोहली भने शून्यमै पेभेलियन फर्किएका थिए ।

श्रीलंकाका लागि दिलशान मदुशंकाले सर्वाधिक ३ विकेट लिए । त्यस्तै चमिका करुणारत्ने र दासुन शनाकाले २÷२ विकेट लिए भने महेश थीक्सानाको नाममा १ विकेट रह्यो ।

समूह चरणको खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको भारत यसअघि सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले नै पराजित भएको थियो ।

सुपर ४ अन्तर्गत शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । भारतले अब बिहीबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

सुपर ४ मा श्रीलंका २ खेल जित्दै ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । पाकिस्तान २ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित : २०७९ भदौ २२ गते ८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI