क्यानको आकस्मिक बैठक बस्दै, सन्दीपलाई जिम्मेवारीबाट हटाउने तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २२ गते ११:५८
क्यानको आकस्मिक बैठक बस्दै, सन्दीपलाई जिम्मेवारीबाट हटाउने तयारी
MELBOURNE, AUSTRALIA - JANUARY 04: Sandeep Lamichhane of the Stars celebrates after dismissing Tom Cooper of the Renegades during the Big Bash League match between the Melbourne Stars and the Melbourne Renegades at the Melbourne Cricket Ground on January 04, 2020 in Melbourne, Australia. (Photo by Daniel Pockett/Getty Images)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई कप्तानबात हटाउने तयारी गरेको छ ।

बुधबार साँझ क्यानको आकस्मिक बैठक बसेर उनलाई क्याप्टेनबाट निलम्बन गर्ने तयारी भइरहेको हो ।

सन्दीपमाथि लागेको बलात्कारको आरोपसँगै उनको विषयमा निर्णय लिन बैठक बस्न लागेको एक पदाधिकारीले जनाएका छन् । सन्दीपका साथै अन्य विषयमा पनि छलफल गरिने बताइएको छ ।

अध्यक्ष चतुरबहादुर चन्द राजधानी बाहिरा रहेकाले बेलुका सम्ममा काठमाडौं आउने र तत्काल बैठक बस्ने तयारी छ ।

सन्दीपको विषयमा भने पद्धतिअनुसा अघि बढ्ने ती पदाधिकारीले बताए । सन्दीपमाथि आरोप मात्रै लागेको तर प्रमाणित भइनसकेकोले अनुसन्धानमा क्यानले पनि सघाउने जनाएको छ । यद्यपि सन्दीपलाई क्याप्टेबाट भने बैठकबाट हटाइने बताइएको छ ।

सन्दीप क्यारेवियन लिग खेल्न हाल वेष्ट इन्डिजमा छन् । वेष्टे इन्डिज जानु एक दिन अघि आफूलाई विभिन्न प्रलोभन देखाई पिंगलास्थानको एक होटलमा लगेर सन्दीपले बलात्कार गरेको एक नाबालिगले आरोप लगाएकी छन् ।

ती पीडित नाबालिगले मंगलबार नै प्रहरीमा उजुरी दिइसकेकी छन् ।

प्रकाशित : २०७९ भदौ २२ गते ११:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI