महिला साफ च्याम्पियनसिप : पाकिस्तानविरुद्ध भारत विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २२ गते १५:२८
महिला साफ च्याम्पियनसिप : पाकिस्तानविरुद्ध भारत विजयी

काठमाडौं । महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा भारतले पाकिस्तानलाई ३-० गोलको नतिजामा पराजित गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा भारतको जितमा ग्रेस दाङमेइ र सोउम्या गुगुलाथले एक गोल गरिन । एक गोल पाकिस्तानले आत्माघात उपहार दिएको थियो ।

खेलको २१औँ मिनेटमा पाकिस्तानकी कप्तान मारिया खानले आत्मघाती गोल गरेकी थिइन् ।

त्यसको दुई मिनेट नबित्दै भारतकी मिडफिल्डर ग्रेस दाङकेईले गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् ।

पहिलो हाफमा लिएको अग्रतालाई खेलको अन्तिम समयसम्म कायम गरेको भारतले खेलको इन्जुरि समय मा एक गोल गर्‍यो ।
सोउम्याले गरेको गोलसँगै भारतले पाकिस्तान विरुद्ध ३-० ले जित सुनिश्चित गर्‍यो ।

समूह ‘ए’ को दोस्रो खेलमा आज साँझ बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित : २०७९ भदौ २२ गते १५:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI