No ads found for this position

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २३ गते ८:३२
No ads found for this position
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस
No ads found for this position

नवलपुर । आज ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ ।

दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन दिवसकै अवसरमा आज सार्वजनिक गर्दैछ ।

युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाइएको भए पनि गत तीन वर्षअघि स्थगन भएको राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तर्जुमा गर्ने तयारी भइरहेको छ ।

प्रकाशित : २०७९ भदौ २३ गते ८:३२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI