सन्दिप लामिछानेलाई जमैका तलवाजले हटायो, तत्काल जमैका छाड्नुपर्ने सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २४ गते ८:५३
सन्दिप लामिछानेलाई जमैका तलवाजले हटायो, तत्काल जमैका छाड्नुपर्ने सम्भावना

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ ।

सन्दिपविरुद्ध नेपालमा पक्राउ पुर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो । क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दिप लामिछाने अब जारी सिजनको सिपिएलका कुनै पनि खेलमा सहभागि नहुने स्पष्ट पारेको छ ।

जमैका तलवाजले भोलि शनिबार ट्रिनबागो नाइट राइडर्स विरुद्धको खेलका लागि तयार पारेको सूचीमा सन्दिपको नाम राखेको छैन । क्लबले सम्झौता खारेज गरेपछि अब सन्दिपले तत्काल जमैका छाड्नुपर्ने बताईएको छ ।

केन्या विरुद्धको क्रिकेट श्रृंखला खेल्न जानुअघि सन्दिपले आफुलाई बलात्कार गरेको भन्दै एक नाबालिग किशोरीले गौशाला प्रहरी वृत्तमा उजुरी दिएपछि क्रिकेटर सन्दिप अपराध अनुसन्धानमा तानिएका हुन् ।

नेपाल प्रहरीले सन्दीप विरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ भने नेपाल क्रिकेट एशोसियसनले सन्दीपलाई नेपाली राष्ट्रिय टोलीको कप्तानबाट हटाईसकेको छ ।

प्रकाशित : २०७९ भदौ २४ गते ८:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI