पुर्वी नवलपरासीमा राहदानीबाट एक वर्षमै पाँच करोड बढी राजस्व

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २४ गते ९:४१
पुर्वी नवलपरासीमा राहदानीबाट एक वर्षमै पाँच करोड बढी राजस्व

कावासोती (रासस): पूर्वी नवलपरासीमा राहदानीबाट एक वर्षमा पाँच करोड राजस्व सङ्कलन भएको छ

गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु पाँच करोड एक लाख ३८ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।

यो अवधिमा सात हजार चारसय पाँच जनाले साधारण राहदानी र एक हजार चार सय ७६ जनाले विद्युतीय राहदानी बनाएका भुसालले बताउनुभयो । भुसालका अनुसार आव २०७७÷७८ मा रु दुई करोड ३४ लाख ३५ हजार, आव ०७६÷७७ मा रु दुई करोड ४७ लाख ६७ हजार ५०० र आव २०७५÷७६ मा रु तीन करोड ३८ लाख ८७ हजार ५०० राजस्व सङ्कलन भएको हो ।

कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले पासपोर्ट बनाउन आउनेको सङ्ख्या बढेको भुसालले बताउनुभयो । भुसालका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेको छ ।

प्रकाशित : २०७९ भदौ २४ गते ९:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI