नवलपुरमा सुरु भयो जग्गाको नाप जाँच, नाप जाँच लगत्तै पुर्जा वितरण गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २४ गते १६:३५
नवलपुरमा सुरु भयो जग्गाको नाप जाँच, नाप जाँच लगत्तै पुर्जा वितरण गरिने

कावासोती । नवलपुरमा राष्ट्रिय भुमि आयोगले हुप्सेकोट गाउँपालिकाबाट जग्गाको नाप जाँच सुरु गरेको छ ।

शुक्रबार हुप्सेकोट गाउँपालिकाको वडा नं-२ बाट नाप जाँच सुरु गरिएको  राष्ट्रिय भुमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले बताउनु भयो ।

वडा कार्यालयले लगत संकलन गरि त्यसको आधारमा निस्सा वितरण गरेको र ७ दिने र १५ दिने सूचना निकाले पछि नाप जाँच सुरु गरिएको अध्यक्ष खरेलले बताउनु भयो ।

पहिलो चरणमा वडा नं २ का निस्सा वितरण भएका भुमिहिन दलित ७३, भुमिहिन सुकुम्बासी ८० र अव्यवस्थित बसोबास ४२२ जनाको नाप जाँच सुरु गरिएको अध्यक्ष खरेलले बताउनु भयो ।

जिल्लाका ८ वटा स्थानिय तह मध्ये हुप्सेकोट गाउँपालिकाले स्थानीय तहको तर्फबाट गर्नु पर्ने काम सकेकाले हुप्स्कोट बाट काम सुरु गरिएको अध्यक्ष खरेलले बताउनु भयो । खरेलका अनुसार नाप जाँच सकिए लगत्तै पुर्जा वितरणको काम अगाडी बढनेछ ।

प्रकाशित : २०७९ भदौ २४ गते १६:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI