गणेश विसर्जनका क्रममा १५ जनाको डुबेर मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २५ गते ९:५३
गणेश विसर्जनका क्रममा १५ जनाको डुबेर मृत्यु

सोनीपत । भारतमा गणेश विसर्जनका क्रममा डुबेर १५ जनाको मृत्यु भएको छ । हरियाणा र यूपीका पाँच ठाउँमा १५ जनाको मृत्यु भएको हो । हरियाणाको मेहन्द्रगढमा झगडोंली नहरमा गणेशको प्रतिमासँगै आठ जना बगेका हुन् । जसमा चार जनाको मृत्यु भएको छ ।

त्यस्तै सोनीपतमा यमुना नदीमा २ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । हरियाणाको महेन्द्रगढमा उद्दारकार्य जारी रहेको छ ।

त्यस्तै उत्तर प्रदेशको अलग–अलग ठाउँमा ८ जनाको मृत्यु भएकोछ । सन्त कबीर नगरमा ४ बालबालिका डुकेका छन् । चारै जना भाइ–बहिनी थिए । ललितपुर र अन्नावमा २–२ जनाको गणेश प्रतिमा विसर्जनका क्रममा डुबेर मृत्यु भएको छ ।-एएनआई

प्रकाशित : २०७९ भदौ २५ गते ९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI