देवचुली र मध्यविन्दुमा भएका छुट्टाछुट्टै दुईवटा आगलागीमा १३ लाखको क्षति

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २६ गते ८:२६
देवचुली र मध्यविन्दुमा भएका छुट्टाछुट्टै दुईवटा आगलागीमा १३ लाखको क्षति

कावासोती ।  नवलपुरमा भएका छुट्टाछुट्टै दुईवटा आगलागीको घटनामा १३ लाख बराबरको धनमाल नष्ट भएको छ ।

गए राती जिल्लाको देवचुली-१३ मा रहेको आशाको किरण शिशु स्याहार केन्द्रमा विद्युत सर्ट भएर सुरु भएको आगलागीमा परेर शिशु स्याहार केन्द्रको भवन र भाडाकुडा सहित ७ लाख बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए। आगलागीमा कुनै मानविय क्षती नभएको र प्रहरी, स्थानीय र कावासोती नगरपालिकाबाट गएको दमकलको सहायताले आगो नियन्त्रणमा आएको पाठकले बताए ।

त्यस्तै जिल्लाकै मध्यविन्दु नगरपालिका वडा नं २ सितापुरमा किराना पसलमा आगलागी हुँदा ६ लाख बराबरको धनमाल नष्ट भएको छ ।

जिल्ला प्रहरी प्रवक्ता पाठकका अनुसार स्थानीय राजकुमार महतोको घरमा रहेको किराना पसलको विद्युत सर्ट भई सुरु भएको आगलागीमा परेर ६ लाख बराबर पसलका सामान, फृज लगाएतका सामान नष्ट भएको हो । घटनामा कुनै मानवीय क्षती नभएको र स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको पाठकले बताए ।

प्रकाशित : २०७९ भदौ २६ गते ८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI