नवलपुर एकमा राप्रपाबाट बिक्रम पाण्डेको एकल नाम सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २६ गते १०:५३
नवलपुर एकमा राप्रपाबाट बिक्रम पाण्डेको एकल नाम सिफारिस

कावासोती । राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नवलपुर क्षेत्र नं १ बाट पार्टीका केन्द्रिय उपाध्यक्ष बिक्रम पाण्डेलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ । शनिबार राप्रपा नवलपुरको पदाधिकारी बैठकले क्षेत्र नं १ मा पाण्डे र क्षेत्र नं २ मा जिल्ला अध्यक्ष विष्णु अधिकारीको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष अधिकारीले बताए ।

राप्रपाले प्रदेश सभा १ “क” मा सन्तोष थापा, १ “ख” बाट निलकण्ठ काफ्ले, केशव चौलागाई, शेरबहादुर केसीको नाम सिफारिस गरेको छ । यस्तै प्रदेश सभा २ को “क”बाट प्रत्यक्ष तर्फ लाल प्रसाद बराल, २ “ख” को प्रत्यक्ष तर्फ भोजबहादुर थापा, खुमराज राना र कृष्ण प्रसाद तिवारीको नाम सिफारिस गरेको छ भने प्रदेश सभा २ को “क”बाट प्रत्यक्ष तर्फ लाल प्रसाद बराल, २ “ख” को प्रत्यक्ष तर्फ भोजबहादुर थापा, खुमराज राना र कृष्ण प्रसाद तिवारीको नाम सिफारिस गरेको हो ।

त्यस्तै बैठकले प्रतिनिधि सभा क्षेत्र नं १को समानुपातिक तर्फ निलकण्ठ काफ्ले, डा. मोहनीलाल भुसाल, छत्रराज बगाले, चन्द्रदत्त जैसी र महिलातर्फ विन्दु अधिकारी पहाडी र सिता बस्याल र प्रतिनिधी सभा क्षेत्र नं २ को समानुपातिक तर्फ नुन बहादुर आले, दल बहादुर केसी, शालिकराम उपाध्याय र ठाकुर प्रसाद रेग्मीको नाम सिफारिस भएको अध्यक्ष अधिकारीले बताए ।

यस अघि चितवनमा प्रचण्ड सँग निर्वाचन लडने बताईरहेका पाण्डेको नाम नवलपुरबाट समेत सिफारिस भएको हो । नवलपुर क्षेत्र नं १ बाट कांग्रेसबाट डा. शशांक कोइरालाले नै चुनाव लडने पक्कापक्की रहेको छ ।

एमाले र राप्रपा बिच चुनावी तालमेल हुने कुरा चलिरहेको अवस्थामा पाण्डेको सिफारिसलाई नवलपुरमा अर्थ पुर्ण रुपमा हेरिएको छ । एमालेका केन्द्रिय सदस्य समेत रहेका तिलक महत नवलपुर क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन । यो अवस्था राप्रपालाई क्षेत्र नं १ दिएर क्षेत्र नं २ एमालेले राख्ने सम्भावना रहेको राप्रपा स्रोतले बतायो ।

अघिल्लो पटक पनि नवलपुर एक बाट प्रत्यक्षमा सिफारिस भएका पाण्डे सिफारिसमा परे पनि निर्वाचन भने चितवनबाट नै लडेका थिए । यसपटक पनि त्यही क्षेत्रबाट सिफारिस भएका पाण्डेलाई एमालेले सहजै छाडने अवस्था भने छैन ।

एमालेबाट नवलपुर एकबाट केन्द्रिय सदस्यद्वय कृष्ण पौडेल र रविन्द्र अधिकारी सहित नारायण प्रसाद तिमिल्सिनाको नाम सिफारिस भएको छ । यो क्षेत्रमा एमाले नेता कृष्ण पौडेलकोबलियो दाबी रहेको र टिकट उनैले पाउने एमाले नेताहरु बताउछ्न ।

प्रकाशित : २०७९ भदौ २६ गते १०:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI