No ads found for this position

साफ यू–१७ : श्रीलंकाविरुद्ध खेल्दै नेपाली युवा टोली

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २७ गते ११:१९
No ads found for this position
साफ यू–१७ : श्रीलंकाविरुद्ध खेल्दै नेपाली युवा टोली
No ads found for this position

काठमाडौं । पछिल्लो खेलमा भारतलाई हराउँदै समूह विजेता बनेको नेपाली युवा टोलीले साफ यू–१७ च्याम्पियनसिपमा आज फाइनल प्रवेशका लागि श्रीलंकाविरुद्ध खेल्दैछ ।

प्रतियोगितामा नेपाल अपराजित छ । पहिलो खेलमा भुटानलाई २–१ ले हराएको नेपालले दोस्रो खेलमा भारतमाथि ३–१ को विजय हासिल गरेको थियो ।

दुई जितसँगै नेपाल समूह विजेता बनेको हो । श्रीलंका समूह ‘ए’को उपविजेता टोली हो । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ५–१ ले पराजित भएको थियो ।

श्रीलंकाले दोस्रो खेलमा माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो । त्यसपछि माल्दिभ्स उपविजेता बनेको हो ।

नेपालले आज श्रीलंकास्थित कोलम्बोको रेस कोर्स मैदानमा श्रीलंकाविरुद्ध राति ८ः१५ बजे खेल्नेछ । त्यसअघि समूह ‘बी’को उपविजेता भारतले समूह ‘ए’को विजेता बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : २०७९ भदौ २७ गते ११:१९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI