चाईना कम्पनीले समयममै बाटो बिस्तारको काम नसकेको भन्दै स्थानियद्वारा सडक अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २७ गते ११:५१
चाईना कम्पनीले समयममै बाटो बिस्तारको काम नसकेको भन्दै स्थानियद्वारा सडक अवरुद्ध

कावासोती :  नारायणगढ–बुटवल सडकखण्ड बिस्तारको काम अलपत्र पारेको भन्दै आक्रोशित भएका छन् । सोमबार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्वर ११ र १२ को सिमाना हर्कपुरमा एक घण्टा राजमार्ग अबरुद्ध स्थानियले गरेर विरोध प्रर्दशन गरेका छन् ।

बाटो बिस्तारको ठेक्का पाएको ठेकेदार कम्पनी चार्ईना स्टटे ईन्जिनियरिङ करपोरेशनले समयमा काम नसक्दा धुलो र हिलोले आजित भएको भन्दै सांकेतिक रुपमा एक घण्टा चक्काजाम गरेको स्थानिय विष्णु गौतम क्षेत्रीले बताए । यो सडकखण्ड प्रयोग गर्ने यात्रुले दैनिक रुपमा सास्ती खेप्न बाध्य भएका छन् । सडकको काम समयमै सम्पन्न नहुदाँ घाम लाग्दा बेस्सरी धुलो उड्ने र पानी परेपछि भने हिलाम्य हुने समस्याले यति बेला स्थानिय सकसमा रहेका छ्न । सडकको कालोपत्रे भत्किएर बनेका ठूला खाल्डोमा पानी जम्दा सवारीचालक र पैदलयात्रीलाई आवतजावतमा समेत समस्या परेको छ ।

सडकखण्ड विस्तार आयोजनामा समयमै काम नगर्ने निर्माण कम्पनीको अवधि एक वर्ष थपिएको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाके पुर्वी खण्ड प्रमुख रमेश दिष्टीले गत साउनको २३ गतेदेखि लागू हुनेगरी ३८६ दिनका लागि आयोजनाको म्याद थपिएको जानकारी दिनुभयो । निर्माण कम्पनीले भने दशैपछि मात्रै काम गर्ने जनाएको छ । गत साउन २२ गते सम्पन्न हुनुपर्ने आयोजनाको भौतिक प्रगति १८ प्रतिशतमात्र छ ।

प्रकाशित : २०७९ भदौ २७ गते ११:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI