साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २८ गते २०:०८
साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् ।

समूह एको अन्तिम खेलमा भारतलाई ३-० ले पराजित गर्दै बंगलादेश समूह विजेता बनेको छ । र उसले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ ।

पराजित भारतसँग भने सेमिफाइनलमा समूह एको विजेता नेपालले खेल्नु पर्ने छ ।

साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा संस्करणमा नेपाल र भारतको भेट भएको छ । चार पटक फाइलनमा र एक पटक सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ ।

जसमा तीन खेलमा नेपालले गोल गर्दै दुई खेलमा नेपालले भारत विरुद्ध गोल गर्न सकेको छैन । पाँच पटक आमने सामने हँदा भारतले नेपालको पोष्टमा १६ गोल गरेको छ भने नेपालले जम्मा ३ गोल मात्र फर्काएको छ ।

नेपाल र भारत तथा बंगलादेश र भुटानबीचको सेमिफाइनल खेल शुक्रबार हुने छ ।

प्रकाशित : २०७९ भदौ २८ गते २०:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI