कमलनगरको सुज हाउसमा विद्युत सर्ट भएर आगलागी

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २९ गते ७:५६
कमलनगरको सुज हाउसमा विद्युत सर्ट भएर आगलागी

चितवन- भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित ओम ब्याकेन सुज हाउसमा गए राति आगलागी भएको छ । सुज हाउसमा राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको हो ।

स्थानीय तेज नारायण चापागाईको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ सञ्चालन गर्दै आएको उक्त सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीबाट पसलमा रहेका सबै जुत्ता चप्पल चलेर नष्ट भएको प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार क्षतिको विवरण आउन बाँकी छ । आगलागीबाट मानविय क्षति भनेको भएको छैन । स्थानीय, प्रहरी र दमकलको सहायताले  गए राति नै आगो नियन्त्रणमा लिइएको हो ।

प्रकाशित : २०७९ भदौ २९ गते ७:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI