No ads found for this position

बुलिङ्गटार र बौदीकालीमा भुमी आयोगले लगत संकलन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २९ गते ११:१०
No ads found for this position
बुलिङ्गटार र बौदीकालीमा भुमी आयोगले लगत संकलन गर्ने
No ads found for this position

नवलपुर । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने प्रयोजनका लागि निवेदन माग गरेको छ । आयोगले नवलपुरको बुलिङ्गटार र बौदीकाली गाउँपालिका सहित विभिन्न २८ जिल्लाका स्थानीय तहमा भूमिहीनको लगत संकलन गर्नका लागि ३५ दिने सूचना आह्वान गरेको हो ।

भूमिहीन  दलित,  भूमिहीन  सुकुम्बासी  र  अव्यवस्थित  बसोबासीले  जग्गा  पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स्थानीय तहबाट खटिएका लगत संकलक मार्फत पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

आयोगमार्फत सरकारले देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने बताउँदै आएको छ । जसअनुसार कतिपय स्थानीय तहमा लालपुर्जासमेत वितरण गरिसकिएको छ भने कतिपयमा प्रक्रिया जारी छ।

प्रकाशित : २०७९ भदौ २९ गते ११:१०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI