नवलपुर एकमा कांग्रेसको एकल दाबी, दुईमा तीनै दल आफुले पाउनु पर्ने अडानमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २९ गते १९:२३
नवलपुर एकमा कांग्रेसको एकल दाबी, दुईमा तीनै दल आफुले पाउनु पर्ने अडानमा

नवलपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पाँच दलिय गठबन्धन यति बेला प्रतिनिधि सभा तर्फको सिट बाडफाँडमा लागेका छ्न ।

सिट बाडफाड गर्न कांग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा बनेको कार्यदल र शिर्ष नेता बिचको छलफल पछि ११० क्षेत्रको टुङ्गो लागेको कार्यदलको बैठकमा सहभागी एक नेताले बताए ।

जस अनुसार नवलपुरको क्षेत्र नं १ मा कांग्रेसको मात्रै एकल दाबी रहेकाले यो क्षेत्रबाट गठबन्धनको तर्फबाट कांग्रेसको उम्मेदवारी रहने पक्का पक्की भएको बताईएको छ भने क्षेत्र नं २ मा कांग्रेस, माओवादी र नेकपा एस तीन दलकै दाबी रहेको ती नेताले बताए ।

ती नेताका अनुसार कार्यदलको बैठकमा क्षेत्र नं २ पनि कांग्रेसलाई नै दिएर प्रदेश सभामा माओवादी र नेकपा एसलाई २ क्षेत्र छोडने गरि छलफल चलेको छ । प्रदेश सभा तर्फ पनि कांग्रेसले ४ मध्ये तीन क्षेत्रमा दाबी गरेका कारण सहमति हुन गार्हो भएको ती नेताले बताए ।

 

प्रकाशित : २०७९ भदौ २९ गते १९:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI