आर्युवेदिक उपचारमा बढदो आर्कषण

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ ३० गते ८:३८
आर्युवेदिक उपचारमा बढदो आर्कषण

कावासोती । कावासोती–७ का रविन्द्र शर्मालाई ग्यास्टिकले च्यापेपछि अस्पताल धाउनुभन्दा विकल्प थिएन, पटकपटक जाँदा दिक्क भएका उनलाई छिमेकी रामकृष्ण श्रेष्ठले आयुर्वेदिक औषधालय अरुणखोला जान सुझाव दिए, त्यहाँ निःशुल्क वितरण पाइने औषधि र उपचारले उनलाई निको भयो ।त्यस्तै विनयी त्रिवेणी २ का जय गौतम पाइल्सको समस्याले पीडित थिए । एलोपेथिक उपचारमबाट रोकथाम मात्रै हुने र शल्यक्रिया गर्नुपर्छ भनेपछि उनले आयुर्वेदिक उपचार तर्पm लागे । शल्यक्रिया नगरी रोग निको भए पछि अहिले उनि अरुलाई पनि आर्युवेदिक उपचार गर्न सल्लाहा दिन्छन ।

पूर्वी नवलपरासीमा सरकारीस्तरमा आयुर्वेद अस्पताल भएको धेरैलाई थाहा छैन, २०५२ सालमा नेपाल सरकारले अरुणखोलामा आयुर्वेद औषधालय स्थापना गरेपछि स्थानीय बासिन्दालाई राहत भयो तर प्रचारप्रसारको अभावमा यस क्षेत्रको विकासमा चासो भएन । अहिले समय परिवर्तन भएसँगै आयुर्वेदप्रति आकर्षण बढेको छ । २०५२ सालमा जिल्लाको अरुणखोलामा स्थापना भएको आयुर्वेद औषधालय संविधान जारी भए सँगै अहिले जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रको रुपमा स्तोरन्नती भएको हो । । पूर्वी नवलपरासीमा छ वटा आयुर्वेद औषधालय र दुईवटा नागरिक आरोग्य सेवा केन्द्र छन ।

दीर्घकालीन रोग र साइड इफेक्टरहित आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउने रोगीको संख्या दिनानुदिन बढदै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र अरुणखोलाको तथ्याङक अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा ३३ हजार ६ सय ६७, आर्थिक वर्ष ०७६÷०७७ मा ३४ हजार ५ सय ५७, आर्थिक वर्ष ०७७÷०७८ मा ५१ हजार ७ सय ३४ र आर्थिक वर्ष ०७८÷०७९ मा ५४हजार २ सय ३४ बिमारीले विभिन्न किसिमका सेवा लिएका छन् ।

जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी वरिष्ठ कविराज निरीक्षक कुशलकृष्ण शर्माका अनुसार वाथ, अमलपित्त (ग्यास्ट्रिक), छाला सम्बन्धि रोगहरु, पायल्स, तथा रगत सम्बन्धि विकारका सम्मस्याहरु भएका बिरामीहरु धेरै आउने गरेका छन ।

सरकारी तबरबाट जिल्लामा सन्चालित आर्युवेद औषधालयमा त्रिफला चूर्ण, अविपत्तिकर चूर्ण, सितोपलादी चूर्ण, हिङ्गवास्टक चूर्ण, बिल्वादी चूर्ण, निम्बादी चूर्ण, पुष्यानुग चूर्ण, योगराज गुगुल, कैशोर गुगुल, महाशंख वुटी, षड् बिन्दु तेल, अर्श कुठार रस ÷ अर्शोघ्नी वटी, खदिरादी वुटी, सर्पगन्धाघन वुटी, महानारायण तेल, महा सुदर्शन चूर्ण,गन्धक रसायन,जात्यादी तेल, टंकण भष्म, पंचसकार चूर्ण, चन्द्र प्रभा वटी, बालामृत, मृगमदासव, शताबरी चूर्ण, आश्वगंधा चूर्ण ,आमलकी चूर्ण, दशमूल तेल नाम गरेका २७ प्रकारका औषधी निशुल्क पाईने सूचना अधिकारी शर्माले बताउनु भयो । स्वास्थ्य केन्द्रले आफैले प्रयोगशाला स्थापना गरेर ४२ प्रकार भन्दा बटि रगत सम्बन्धि परीक्षणहरु समेत निशुल्क गर्ने गरेको शर्माले बताउने भयो ।

सरकारी आर्युवेद औषधालय बाहेक जिल्लामा निजि क्षेत्रका आर्युवेअ औषधालयहरु पनि सन्चालानमा आएका छन । केहि वर्ष अघि सम्म पूर्वी नवलपरासीको सदरमुकाम कावासोती लगाएतका मुख्य बजारहरुमा गन्तीका आयुर्वेदिक औषधि पसल दुई÷चारवटा थिए भने अहिले हरेक मुख्य बजारहरुमा गरेर दुई दर्जन बढि आर्युवेदिक औषधालयहरु रहेको र उनीहरुबाट गुणस्तरीय सेवा लिन सकिने कावासोतीमा लामो समय देखि आर्युवेद औषधालय सन्चालन गर्दै आउनु भएका आर्युवेद औषधी व्यवसायी संघ नवलपुरका अध्यक्ष गणेश आर्चायले बताउनु भयो ।

 

प्रकाशित : २०७९ भदौ ३० गते ८:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI