नारायणीको पुलबाट हाम फालेर एक जना पुरुष बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ ३० गते २०:४४
नारायणीको पुलबाट हाम फालेर एक जना पुरुष बेपत्ता

नवलपुर । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । विहिवार साँझ साढे ६ वजे नदीको पुलबाट हाम फालेर अन्दाजी ४० वर्षका पुरुष वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्कुटरमा आएका उनि स्कुटरलाई पुलकै छेउमा राखेर नदीमा हाम फालेको बताइएको छ । स्कुटरसँगै चप्पल समेत भेटिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको चितवन प्रहरीले जनाएको छ । पछिल्लो समय नारायणी नदीको पुलबाट हाम फालेर आत्महत्या गर्नेको संख्या बढ्दै गैरहेको छ ।

प्रकाशित : २०७९ भदौ ३० गते २०:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI