No ads found for this position

नवलपुरमा २ लाख ६० हजार मतदाता

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ३ गते ८:२३
No ads found for this position
नवलपुरमा २ लाख ६० हजार मतदाता
No ads found for this position

कावासोती । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि नवलपुरमा मतदाताको संख्या २ लाख ६० हजार ४ सय ६१ पुगेको छ । दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख २४ हजार ३ सय ३६ पुरुष, १ लाख ३६ हजार १ सय २१ महिला र अन्य ४ जना मतदाता रहेका निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा जनाईएको छ ।

आयोगका अनुसार जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ मा ६२ हजार ५ सय ९६ पुरुष , ६८ हजार ५ सय ८४ महिला र अन्य १ जना गरि जम्मा १ लाख ३१ हजार १ सय ८१ र प्रतिनिधि सभा क्षेत्र नं २ मा ६१ हजार ७ सय ४० पुरुष र ६७ हजार ५ सय ३७ महिला र अन्य ३ जना गरि १ लाख २९ हजार २ सय ८० मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन ।

प्रदेश सभा तर्फ क्षेत्र नं १ को क मा ३० हजार ४ सय ५५ पुरुष, ३३ हजार ०८० महिला गरि ६३ हजार ५ सय ३५, प्रदेश सभा १ ख मा ३२ हजार १ सय ४१ पुरुष, ३५ हजार ५ सय ४ महिला र अन्य १ गरि ६७ हजार ६ सय ४६ मतदाता रहेका आयोगले जनाएको छ । त्यस्तै प्रदेश सभा २ को क मा ३० हजार ९ सय ४३ पुरुष, ३३ हजार ५ सय ७४ महिला र अन्य १ गरि ६४ हजार ५ सय १८ , प्रदेश सभा २ को ख मा ३० हजार ७ सय ९७ पुरुष, ३३ हजार ९ सय ६३ महिला र २ अन्य गरि जम्मा ६४ हजार ७ सय ६२ मतदाता रहेका आयोगले जनाएको छ ।

त्यस्तै निर्वाचन आयोगले जिल्लामा आगामी निर्वाचनका लागि १ सय १३ मतदान स्थल र ३०२ वटा मतदान केन्द्र रहने जनाएको छ । प्रतिनिधि सभा तर्फ क्षेत्र नं १ मा ५७ मतदान स्थल र १५३ मतदान केन्द्र र क्षेत्र नं २ मा ५६ मतदान स्थल र १ सय ४९ मतदान केन्द्र रहेका छन ।

प्रकाशित : २०७९ असोज ३ गते ८:२३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI