३६औं युनाइटेड गोल्डकपको उपाधि नमूना युवा क्लब कावासोतीलाई

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ४ गते ९:४५
३६औं युनाइटेड गोल्डकपको उपाधि नमूना युवा क्लब कावासोतीलाई

नवलपुर । हुप्सेकोटमा जारी “३६ औं युनाईटेड गोल्ड कपको उपाधी नमुना युवा क्लब कावासोतीले उचालेको छ ।

सोमबार भएको फाईनल खेलमा जे एफ सि झाक्रे देवचुलीलाई ४ का विरुद्ध ५ गोलले पराजित गर्दै नमुना युवा क्लबले जित निकालेको हो ।

निर्धारित समयमा नतिजा आउन नसकेपछि खेल टाईवेकरमा परिणत भएको थियो । हुप्सेकोट ३ स्थित युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १० गते देखि सुरु भएको खेलमा प्रथम स्थान हासिल गरेको नमुना युवा क्लबले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ र दोश्रोमा चित्त बुझाएको जे एफ सि झाक्रेले नगद १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको खेल संयोजक भिम सुनारीले बताए ।

खेल अबधिभर ५ गोल गरेका जे एफ सि का निरज चौधरीले सर्वाधिक गोलकर्ताको उपाधी सहित नगद ७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट खेलाडीको उपाधी नमुना युवा क्लबका रुपक लामाले हात पार्दै नगद ७ हजार ७ सय ७७ प्राप्त गर्न सफल भए ।

समापन समारोहमा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डे,प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारी,जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष सेतमान पुन लगाएतले सम्बोधन गरेका थिए । २४ टिम सहभागी खुल्ला नकआउट फुटवल प्रतियोगिता सरस्वती मा.बि.गिरुवारीको खेल मैदानमा सम्पन्न भएको हो ।

प्रकाशित : २०७९ असोज ४ गते ९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI