नवलपुरका तिवारी नेपाली काङ्ग्रेसको घोषणापत्र तयारी समितीमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ५ गते २१:२२
नवलपुरका तिवारी नेपाली काङ्ग्रेसको घोषणापत्र तयारी समितीमा

नवलपुर । नवलपुरका शंकर तिवारी नेपाली काङ्ग्रेसको घोषणापत्र तयारी समितिको सदस्यमा नियुक्त भएका छन ।

नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले महामन्त्री विश्व प्रकाश शर्माको नेतृत्वको घोषणापत्र तयारी समितिमा तिवारीलाई सदस्यको जिम्मेवारी सुम्पेका हुन ।

उनले अर्का महामन्त्री गगन थापा संयोजक रहेको स्थानीय तहको घोषणापत्र तयारी समितिको सदस्यको रुपमा समेत जिम्मेवारी निभाएका थिए । बौद्धिक जमातमा रुचाईएका तिवारी लेखक तथा राजनैतिक विश्लेषकको रुपमा परिचित छन । उनि नवलपुर २ बाट संघीय सांसदको उम्मेद्वारका लागि सिफारिस समेत भएका छन्।

 

प्रकाशित : २०७९ असोज ५ गते २१:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI