नवलपुरको पुर्वी क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ८ गते १३:४८
नवलपुरको पुर्वी क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

नवलपुर । नवलपुरको पुर्वी क्षेत्रमा शनिबार बिहान देखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ।

कावासोती नगरपालिकाको पुर्वका केही वडा सहित देवचुली र गैंडाकोट नगरपालिकाको केही स्थानमा सेवा अवरुद्ध भएको नेपाल टेलिकम कावासोती शाखाका प्रमुख चन्दन झाले बताए ।

झाका अनुसार कावासोतीबाट ६.६ किमि पुर्व फाईबर ब्रेकडाउन भएर सेवा अवरुद्ध भएको हो । अवरुद्ध सेवा सुचारु गर्न प्राविधिकहरु फिल्डमा गैसकेकोले केही समयमा सेवा सुरुहुने झाले बताए । फाईबर ब्रेक के कारणले भएको हो पत्ता लगाउने प्रयास भएको झाले बताए ।

प्रकाशित : २०७९ असोज ८ गते १३:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI