विनयी त्रिवेणीमा ७० घर डुबानमा, २ सय हेक्टर धान बाली नष्ट

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २१ गते ११:०७

कावासोती  : नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको वडा नं १ को बगुवनमा नारायणी नदिमा आएको बाढीले ७० घर डुबानमा परेका छ्न ।

मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सन्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिर बाट नारायणी नदिको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो । अहिले पनि डुबान क्षेत्रका मानिसहरु आफ्नै घरमा रहेका र उनिहरुलाई उद्दार गर्न नसकिएको अध्यक्ष गिरीले बताउनु भयो । “पशु चौपाया र घरका सामान सहित बगुवनका स्थानीय डुबान क्षेत्रको उच्च भागमा बसेका छ्न, उद्दारका लागि पुग्न सक्ने स्थित छैन,”अध्यक्ष गिरीले बताउनु भयो । मध्यवर्ती क्षेत्र र निकुञ्जका कारणले बाटो बिस्तार हुन नसक्दा यो समस्या बर्सेनि आउने गरेको अध्यक्ष गिरी बताउनु हुन्छ । “मानिसहरु बाढिकै बिचमा छ्न जान सकिएको छैन बाढी कति बेला घटछ भन्ने छ हामी राम भरोसामा छौ” गिरीले बताउनु भयो ।

लगातार आएको बाढिले सोही क्षेत्रमा काटने बेलाको २ सय हेक्टर धान बाली समेत पुर्ण रुपमा क्षती भएको अध्यक्ष गिरीले बताउनु भयो । उहाँका अनुसार २ सय हेक्टरको पाकेको धान पुर्ण रुपमा नष्ट भएको छ ।

नारायणी नदिमा यस वर्षकै उच्च बाढि आएका कारण जिल्लाको नदि तटिय क्षेत्रको जनजीवन पुर्ण रुपमा प्रभावित भएको छ । गण्डक बाँधमा अहिलेसम्मकै उच्च ४ लाख ४० हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताउनु भयो । ८ बजे पछि पानीको बहाव स्थिर देखिएको उहाँले बताउनु भयो ।

नारायणीमा आएको बाढिका कारण बिहिबार गैंडाकोट नगरपालिका वडा नं २ का ८० घरलाई सुरक्षित स्थानमा सारिएको छ भने मध्यविन्दु नगरपालिकाको सेहेरी, भुताह, प्रसौनी लगाएतका गाउँमा करिब ३ दर्जन बढी घरहरु डुबानमा परेका छ्न । डुबानमा परेकाहरुको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जनप्रतिनिधि सहितको टोलि खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ असोज २१ गते ११:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI