No ads found for this position

सेपाकताक्रोको महिला पुरुष डबल तर्फको दुवै स्वर्ण आर्मीलाई

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ३० गते १२:२१
No ads found for this position
सेपाकताक्रोको महिला पुरुष डबल तर्फको दुवै स्वर्ण आर्मीलाई
No ads found for this position

कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा सन्चालन भई रहेको नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो पुरुष र महिला डबल तर्फ को दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ

पुरुष तर्फको डबलमा विभागीय टिम आर्मीले प्रदेश १ लाई २-० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागी पुरुष डबल तर्फ अनिल जर्घा मगर, रोशन तामाङ्ग र दिपेश जंग थापाले स्वर्ण दिलाए । पुरुष तर्फ रजत पदक प्रदेश नं १ र कास्य पदक पदक वाग्मतीले हात पारेका छ्न

त्यसै गरि महिला डबल तर्फ पनि आर्मीले वाग्मती प्रदेशलाई २-० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ । महिला तर्फको डबलमा विभागीय टिम आर्मीले वाग्मती प्रदेशलाई २-० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागी महिला डबल तर्फ चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाए । महिला तर्फ वाग्मतीलाई रजत र गण्डकीले कास्य पदक हात पारेका छ्न ।

महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न ।

प्रकाशित : २०७९ असोज ३० गते १२:२१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI