नवौं राष्ट्रिय खेलकुद :  महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदुरपश्चिमलाई

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १ गते १२:०१
नवौं राष्ट्रिय खेलकुद :  महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदुरपश्चिमलाई

कावासोती, १ कार्तिक : पूर्वी नवलपरासीमा सन्चालन भएको नवौ राष्ट्रिय खेलकुदको कुस्तीको महिला तर्फको सबै स्वर्ण  पदक विभागिय टोली नेपाली सेना र सुदुर पश्चिम प्रदेशले हात पारेका छन ।

मंगलबार सम्पन्न भएको स्वर्ण पदकको लागी भएको प्रतिस्पर्धामा विभागिय टिम नेपाली नेपाली सेना र सुदुर पश्चिम प्रदेश प्रदेशले समान पाँच पाँच वटा स्वर्ण पदक हात पारेका हुन ।

विभागिय टिम नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जितेका हुन ।
त्यसै गरि सुदुरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५  केजी तौल समूहमा संगिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जितेका हुन ।

कुस्तीमा महिला तर्फ  विभिन्न १० वटा तौल समूहका  खेलहरु भएका थिए  । प्रतियोगितामा ५९ जना महिला खेलाडी सहभागी भएका हुन  । खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सन्चान भएको थियो । । तीन विभागिय टिम सशस्त्र, आर्मी, पुलिस साथै ७ वटा प्रदेश गरि १० वटा टिमको प्रतियोगितामा सहभागिता रहेको थियो । 

प्रकाशित : २०७९ कार्तिक १ गते १२:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI