No ads found for this position

नवौं राष्ट्रिय खेलकुद : पुरुष कुस्तीमा विभागिय टिम एपीएफलाई ४ स्वर्ण

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १ गते १२:१३
No ads found for this position
नवौं राष्ट्रिय खेलकुद : पुरुष कुस्तीमा विभागिय टिम एपीएफलाई ४ स्वर्ण
No ads found for this position

कावासोती, १ कार्तिक : पूर्वी नवलपरासीमा सन्चालन भएको नवौ राष्ट्रिय खेलकुदको कुस्तीको पुरुष तर्फको ४ वटा स्वर्ण पदक विभागिय टोली एपीएफले हात पारेको छ ।

मंगलबार सम्पन्न भएको स्वर्ण पदकको लागी भएको प्रतिस्पर्धामा विभागिय टिम एपीएफले चारवटा स्वर्ण पदक हात पारेको छ । त्यसै गरि पुरुष कुस्ती तर्फ मधेश प्रदेशले ३ स्वर्ण, विभागिय टिम नेपाली सेनाले १ र नेपाल प्रहरीले १  स्वर्ण र लुम्बिनी प्रदेशले १ स्वर्ण पदक जितेका छन ।

विभागिय टिम एपीएफका लागी ५७ केजी तौल समूहमा कुन्दन शाह, , ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जितेका छन । त्यसै गरि मधेश प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण हात पारे भने विभागिय टिम नेपाली सेनाका लागी ७४ केजी तौल समूहमा सुरेस चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पारे भने लुम्बिनी प्रदेशका लागी ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे ।
कुस्तीमा महिला र पुरुषतर्फ गरि विभिन्न तौल समूहमा २० स्वर्ण पदकका लागी खेलहरु भएका थिए । असोज २९ गते देखि कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा जारी आज सम्पन्न भएको छ ।

प्रतियोगितामा ५९ जना महिला र पुरुष ९१ जना गरि १ सय ५० खेलाडी सहभागि भएका थिए । तीन विभागिय टिम सशस्त्र, आर्मी, पुलिस साथै ७ वटा प्रदेश गरि १० वटा टिमको प्रतियोगितामा सहभागिता रहेको थियो ।

 

 

प्रकाशित : २०७९ कार्तिक १ गते १२:१३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI