नवौं राष्ट्रिय खेलकुद : एक सय ६० पदक सहित आर्मीको फराकिलो अग्रता

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १ गते १९:३८
नवौं राष्ट्रिय खेलकुद : एक सय ६० पदक सहित आर्मीको फराकिलो अग्रता

नवलपुर । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको छ । गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कास्य पदकसहित कूल एक सय ६० पदक हात पारेको छ । प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ३० स्वर्ण, २४ रजत र ३७ कास्य पदकसहित ९१ पदक हात पारेको छ ।

 

त्यस्तै अर्को विभागीय टिम एपीएफले २७ स्वर्ण, ३१ रजत र ४४ कास्य पदकसहित कूल एक सय दुई पदक हात पारेको छ । प्रतियोगितामा बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कास्य सहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कास्य पदकसहित ५३ पदक हात पारेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, तीन रजत र १६ कास्यसहित २६ पदक, एनआरएनएले छ स्वर्ण, छ रजत र चार कास्यसहित १६ पदक, मधेश प्रदेशले पाँच स्वर्ण, पाँच रजत र १४ कास्य पदकसहित २४ पदक तथा प्रदेश १ ले तीन स्वर्ण १४ रजत र ३० कास्यसहित ४७ पदक जितेका छन् ।

 

लुम्बिनी प्रदेशले दुई स्वर्ण, १२ रजत र १७ कास्यसहित ३१ तथा कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पाँच पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । प्रतियोगिताअन्तर्गतका खेल जारी छन् । रासस

प्रकाशित : २०७९ कार्तिक १ गते १९:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI