भारतको गुजरातमा पुल भाँचिदा मृत्यु हुनेको संख्या १३७ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १४ गते ९:४६
भारतको गुजरातमा पुल भाँचिदा मृत्यु हुनेको संख्या १३७ पुग्यो

नवलपुर । भारतको गुजरातस्थित पुल भाँचिदा मृत्यु हुनेको संख्या १३७ पुगेको छ । मोर्बी शहरस्थित माचु नदीमा भएको पुल भाँचिदा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन् । बिहानसम्ममा १३७ जनाको मृत्यु भएको पुष्टि भएको जी न्युजले जनाएको छ ।  घटनास्थलबाट १३७ जनाको उद्दार गरिएको छ ।  बीबीसीका अनुसार उक्त पुलमा दुर्घटना हुने बेला करिब ४ सय मानिसहरू त्यहाँ थिए । करिब एक शताब्दी पुरानो यो पुल पछिल्लो समय मर्मतपछि सर्वसाधारणका लागि खुला गरिएको केही दिनमै भाँचिएको बताइएको छ ।

गृहप्रान्त गुजरात रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन् ।प्रधानमन्त्री राहत कोषबाट मृतकका आफन्तलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरिएको छ ।गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पनि दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।-एजेन्सी

प्रकाशित : २०७९ कार्तिक १४ गते ९:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI