देवचुलीमा शुक्रबार सार्वजनिक बिदा

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १६ गते १३:२६
देवचुलीमा शुक्रबार सार्वजनिक बिदा

कावासोती । हरिबोधनी एकादशीको अवसरमा देवचुली नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा कार्तिक १८ गते शुक्रबार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने गरी सार्वजनिक बिदा दिईने जनाईएको छ ।

 

कार्तिक १५ गते बसेको कार्यपालिकाको बैठकले हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित : २०७९ कार्तिक १६ गते १३:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI