हरिबोधनी एकादशीको दिन कावासोतीमा सार्वजनिक बिदा

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १७ गते १२:२२
हरिबोधनी एकादशीको दिन कावासोतीमा सार्वजनिक बिदा

कावासोती । हरिबोधनी एकादशीको अवसरमा कावासोती नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालद्वारा हस्ताक्षरित सूचनामा कार्तिक १८ गते शुक्रबार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने गरी सार्वजनिक बिदा दिईने जनाईएको छ ।

कार्तिक १६ गते बसेको कार्यपालिकाको बैठकले हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
हरिबोधनी एकादशीका दिन कावासोतीको पिठौली, गुन्द्रही सहित जिल्लाक नारायणी तटीय क्षेत्रहरुमा मेला भर्ने र स्नान गर्नेहरुको भीड लाग्छ ।

प्रकाशित : २०७९ कार्तिक १७ गते १२:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI