एमाले र राप्रपाको तालमेलले देशलाई अग्रगमनमा लैजान्छ : राप्रपा अध्यक्ष लिङ्देन

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १९ गते १७:०९
एमाले र राप्रपाको तालमेलले देशलाई अग्रगमनमा लैजान्छ : राप्रपा अध्यक्ष लिङ्देन

कावासोती : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले र राप्रपाको तालमेलले देशलाई अग्रगमनमा लैजाने बताउनु भएको छ ।

नवलपुरको डण्डामा आयोजित राप्रपाको चुनावीसभामा शनिबार बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस, माओवादी सहितको पाँच दलिय गठबन्धन असफल भइसकेकाले एमाले र राप्रपाको तालमेलले देशलाई अग्रगमनको बाटोमा हिडाउने बताउनु भएको हो ।

चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले यो पटकको निर्वाचनमा केही स्थानमा राप्रपा र एमालेको तालमेल भएको र तालमेल नभएका स्थानमा प्रतिस्पर्धा पनि राप्रपा र एमाले बिचनै हुने दाबी गर्नु भयो । ‘एमाले र राप्रपाबीच प्रतिस्पर्धा हुने अवस्था देख्छु म,’ उहाँले भन्नुभयो, ‘यो पटकको निर्वाचनमा पटक-पटक परीक्षणमा असफल भइसकेका कांग्रेस र कम्युनिष्टलाई मत दिएर पछुताउनेबाहेक काम हुँदैन ।’

सभामा लिङ्देनले ठुला दलबाट समृद्धि र विकासको आसा गर्न नसकिने भएकाले आगामी निर्वाचनमा मन र मत बदलेर राप्रपालाई जिताउन आग्रह गर्नु भएको हो । वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीले जनताले अपेक्षा गरे अनुसारको नेतृत्व न आउने बताउदै अध्यक्ष लिङ्देनले राप्रपाले जिते शासकीय स्वरुप र निर्वाचन प्रणालीमा आमुल परिवर्तन गर्ने बताउनु भयो ।

प्रकाशित : २०७९ कार्तिक १९ गते १७:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI